रियल ब्रदस र कानेपोखरी फुटबल क्लब विजयी - Pahilo Online

रियल ब्रदस र कानेपोखरी फुटबल क्लब विजयी

writer

कानेपोखरी गाउँपालिका वडा नम्बर ६ को नव दिप फुटबल क्लब दहिधापले बडादशैं, शुभदिपावली तथा छैटपर्वको शुभ अवसर पारी आयोजना गरेको नव दिप नकआउट फुटबल प्रतियोगिताको तेस्रो दिन आज आइतबार २ वटा खेलहरु भएका छ्न।

द रियल ब्रदस फुटबल क्लब र रियल स्टार फुटबल क्लब कानेपोखरी ५ भौसाबारी बिच भएको पहिलो खेलमा ३–० गोल अन्तरले द रियल ब्रदस फुटबल क्लबले विजयी भएको छ । निर्धारित २५/२५ मिनेट समयावधि खेलमा सेनेहाङ लिम्बू, घनश्याम चौहान, समीर याख्खा १/१ गोल गर्दै आफ्नो टिमलाई विजयी तुल्याएका हुन् ।

त्यस्तै, दोश्रो खेल अन्तर्गत कानेपोखरी फुटबल क्लब र सप्तरङ्गी युथ फुटबल क्लब बिच भएको खेलमा ५–० गोलको अन्तर सहित कानेपोखरी फुटबल क्लब बिजयी भएको छ। खेलको निर्धारित मिनेटमा अशोक बस्नेत र सुरज थापाको २/२ गोलसंगै अनिस तामाङले १ गोल गर्दै आफ्नो टिम कानेपोखरी फुटबल क्लबलाई जित दिलाएका थिए। खेलमा १८ टिमको सहभागीता रहेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes