आइतबार प्रदेश १ मा ४७४ कोरोना संक्रमित थपिए, १५ जना डिस्चार्ज - Pahilo Online

आइतबार प्रदेश १ मा ४७४ कोरोना संक्रमित थपिए, १५ जना डिस्चार्ज

writer

मोरङ । प्रदेश १ मा आज(आइतबार) ४७४ जना कोरोना संक्रमित थपिए छन् । मोरंगमा २६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, ते¥हथुम, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १५४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५० महिला र १०४ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा २८, बेलबारीमा १९, कटहरी र पथरीशनिश्चरेमा १२–१२, बुढीगंगामा १०, रतुवामाईमा ७, ग्रामथानमा ६, कानेपोखरीमा ५, लेटाङमा ४, धनपालथानमा २, उर्लाबारी, जहदा, मिक्लाजुङ र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको इटहरीमा ५७, इनरुवामा ९, रामधुनीमा ७, दुहवीमा ५, धरानमा ४, बर्जु र गढीमा २–२, हरिनगर, बराहक्षेत्र, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मनत्रालयले जनाएको छ ।

उता झापाको भद्रपुरमा १५, दमकमा १३, विर्तामोडमा १२, मेचीनगरमा ९, गौरादह र अर्जुनधारामा २–२, कमल, झापा गाउँपालिका र बा¥हदशीमा १–१, उदयपुरको कटारी र त्रियुगामा १३–१३, उदयपुरगढी, बेलका र चौदण्डीगढीमा १–१, इलामको इलाममा ४, फाकफोकथुम, माईजोगमाई र सुर्योदयमा १–१, संखुवासभाको चैनपुर र मकालु २–२, खाँदबारीमा १, भोजपुरको अरुण र भोजपुरमा १–१, धनकुटाको छथरमा १, ते¥हथुमको लाली गुराँसमा १, पाँचथरको फिदिममा १ र ओखलढुङ्गाको मानेभन्ज्याङमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या १३ हजार ६५६ पुगेको छ ।

प्रदेश १ मा आज(आइतबार) १५ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ७, मेची अस्पतालबाट ७ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ५७५ पुगेको छ । प्रदेश १ मा आज १ हजार ४६८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४९ महिला र ३२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४६ हजार ८५० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes