६ लाख मुल्य बराबरको लत्ता कपडा तथा खाद्यान्न सामान बरामद - Pahilo Online

६ लाख मुल्य बराबरको लत्ता कपडा तथा खाद्यान्न सामान बरामद

writer

मोरङ । भारतबाट अबैध रुपमा भन्सार छली गरी लुकाई छीपाई ल्याएको करिव ६ लाख मुल्य बराबरको लत्ता कपडा तथा खाद्यान्न सामान हरु बरामद गरिएको छ । भारतबाट अबैध रुपमा लुकाई छीपाई रानीको सिमा एरियाबाट ल्याउदै गरेको करिव ४ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाद्यान्न सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसै गरी इनरुवा(दुहवी सडकखण्ड एरियाबाट २ लाख मूल्य बराबरको लत्ता कपडाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विशेष सुराकका आधारमा गस्तीमा खटिएको प्रहरी टोलीले आज विहान ६ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामानहरु बरामद गरेको हो । साथै सामान ल्याउन प्रयोग गरिएको दुई वटा टेम्पो समेत नियन्त्रणमा लिईएको छ । बरामद गरिएको सामान र टेम्पो समेत लाई आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा बुझाईएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes