उदयपुरमा स्कारपियो दुर्घटनाबाट ५ जनाको मृत्यु - Pahilo Online

उदयपुरमा स्कारपियो दुर्घटनाबाट ५ जनाको मृत्यु

writer

उदयपुर । उदयपुर कटारी नगरपालिका १४ भदौरे स्थित सिद्धिचरण राजमार्गमा स्कारपियो दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ ९ माधवपुरका ४६ बर्षीय राम बहादुर सार्की, ४० बर्षीय खड्ग बहादुर सार्की, ३५ बर्षीया नरिमाया सार्की र २७ बर्षीय कर्मे भन्ने कर्ण बहादुर सार्की रहेका छन । यसै गरी उदयपुर कटारी नगरपालिका ८ शिरिसेका ३० बर्षीय महेश बहादुर बि.क. रहेका छन । भैरहवाबाट ओखलढुंगा तर्फ आउदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो आज(आइतबार) विहानको राती १ बजे भदौरे स्थित सिद्धिचरण राजमार्गमा आई पुक्दा एक्कासी ब्रेक फेल भई सडकबाट अन्दाजी ९०० मिटर तल खसी दुर्घटना हुदा स्कारपियोमा सवार मध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । स्कारपियो चालक रुपन्देहीका २८ बर्षीय पवन खड्का, स्कारपियोमै सवार रहेका मानेभञ्ज्याङकै १८ बर्षीया कल्पना सार्की र ३१ बर्षीया कुमारी सार्की घाईते भएकोमा चालक खड्का र सवार कल्पना लाई थप उपचारको लागी बिराटनगर तर्फ पठाईएको र कुमारी सार्कीको कटारी अस्पतालमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes