भन्सार छली गरेर ल्याइएको सूर्तीजन्य पदार्थ बरामद - Pahilo Online

भन्सार छली गरेर ल्याइएको सूर्तीजन्य पदार्थ बरामद

writer

सुनसरी । भारतबाट भन्सार छली गरेर ल्याइएको सूर्तीजन्य पदार्थ बरामद भएको छ । शनिबार विहान इटहरी–८ पुष्पलाल चोकको भित्री सडकखण्डबाट प्रहरीले ३ बोरा सूर्तीजन्य पदार्थ बरामद गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले चेकजाँचको क्रममा २४५ पोका (प्रतिपोका १२ प्याकेट) सूर्तीजन्य पदार्थ बरामद गर्न सफल भएको हो ।

भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सुनसरी हरिनगर गाउँपालिका–९ का २३ वर्षीय अरविन्द्र मेहतालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । उनले को ३ प ८३१८ नम्बरको मोटरसाइकलमा लोड गरेर ल्याएको अवस्थामा प्रहरीले बरामद गर्न सफल भएको छ । इप्रका इटहरीले आवश्यक कारबाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा पठाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes