कानेपोखरी । गाउँपालिका वडा नम्बर ६ को नव दिप फुटबल क्लब दहिधापले आयोजना गरेको नव दिप नकआउट फुटबल प्रतियोगिताको दोश्रो दिन शनिबार २ वटा खेलहरु भएका छ्न ।
आयोजक नव दिप फुटबल क्लब कानेपोखरी ६ दहिधाप र रमाईलो युथ फुटबल क्लब कानेपोखरी ६ बिच भएको पहिलो खेलमा २–० गोल अन्तरले नव दिप फुटबल क्लब अग्रता लिएको थियो । निर्धारित २५–२५ मिनेट समयावधि खेलको १८ औ मिनेट सुमन लिम्बू र ४० औं मिनेटमा अरुण लिम्बूले गोल गर्दै अग्रता दिलाएका हुन् ।
त्यस्तै, दोश्रो खेल अन्तर्गत सुन्तली फुटबल क्लब र मंगलबारे शुक्रबारे फुटबल क्लब बिच भएको खेलमा १–० गोलको अन्तर सहित मंगलबारे शुक्रबारे फुटबल क्लब बिजयी भएको छ। खेलको ४५ औ मिनेटमा दिपक लिम्बूले गोल गर्दै आफ्नो टिम मंगलबारे शुक्रबारे लाई जित दिलाएका हुन् । खेल हरेका दिन दिउँसो २ः३० बजेबाट सुरु हुने गर्दछ । खेलमा १८ टिमको सहभागीता रहेको छ ।