राजगढमा फ्यूचर केमिकल तथा प्याकेजिङ उद्योग सञ्चालनमा - Pahilo Online

राजगढमा फ्यूचर केमिकल तथा प्याकेजिङ उद्योग सञ्चालनमा

writer

बिर्तामोड । दक्षिणी झापाको बाह्रदशीलाई स्माट सिटीको रुपमा विकास गर्न त्यहाँका स्थानीयहरु नै लागीपरेका छन् । बाह्रदशी गाउँपालिकाको वडा नं. २ र ३ मा पर्ने राजगढ बजारलाई स्मार्ट सिटीको रुपमा विकास गर्र्ने गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजेट नै विनियोजन गरेको छ ।

गाउँपालिकाले समेत बजेट बिनियोजन गर्दै राजगढलाई स्मार्ट सिटीको रुपमा विकास गर्न त्यहाँका स्थानीयले आफ्नै ठाउँमा लगानी गर्न शुरु गरेका छन् । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै जाँदा हेण्डवाससहितका घरमा अत्यावश्यक सामग्रीका लागि स्थानीय एक युवाले फ्यूचर केमिकल तथा प्याकेजिङ उद्योग सञ्चालनमा ल्याएका छन् ।

मिरिफ्रेस बाण्डका हेण्डवास, फिनेल, ट्वाइले क्लिनर, भाँडा माझ्ने लिक्युड उत्पादनका लागि २० लाख रुपैयाँ लगानी गर्दै उद्योग सञ्चालनमा ल्याइएको हो । स्थानीय चन्दनकुमार चौधरीले सञ्चालनमा ल्याएको उद्योगका उद्घाटन बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले गरे । उद्योगको उद्घाटन गर्दै अध्यक्ष राजवंशीले गाउँपालिकाले राजगढलाई स्माटसिटी बनाउने उद्घोष गरेसँगै स्थानीयवासीले राजगढको विकासका लागि लगानी गर्न थालेको बताएका छन् ।

स्थानीय युवालाई रोजगार दिँदै घरायसी सामग्री उत्पादनमा युवापंक्ति जुट्नु गाउँपालिकाकै लागि गौरवको कुरा भएको अध्यक्ष राजवंशीले बताए । यसअघि राजगढमा सस्तो बजारका नामबाट सुविधासम्पन्न सपिङ महल सञ्चालनमा आएको र यस्तै अन्य उद्योगहरु सञ्चालनमा आए राजगढलाई स्मार्टसिटी बनाउन समय नलाग्ने अध्यक्ष राजवंशीको भनाइ छ ।


फ्यूचर केमिकल तथा प्याकेजिङ उद्योगले चार जनालाई रोजगारी दिएको बताउँदै आगामी दिनमा प्रदेश १ सहित नेपालका सबै जिल्ला मिरिफ्रेक्स ब्राण्डका सामग्री पु¥याइने सञ्चालक चौधरीको भनाइ छ ।  स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आग्रह गर्दै चौधरीले आफूले उत्पादन गरेको सामग्री गुणस्तरीय र उच्चकोटीको रहेको दावी गरेका छन् । उद्घाटन समारोहमा पशुपति माविका पूर्व प्रधानाध्यापक नन्दकुमार कुँवर, व्यवसायी कैलाश चौधरी लगायतको उपस्थिति थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes