नवनियुक्त ३ मन्त्रीहरुको सपथ ग्रहण - Pahilo Online

नवनियुक्त ३ मन्त्रीहरुको सपथ ग्रहण

writer

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल पुनर्गठन गर्दै नवनियुक्त भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रपति भवन शीतल निवासमा सपथ लिएका छन्।

ओलीले हिजो मन्त्रिमण्डल पुनर्गठन गर्दै उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राख्नुभएको छ । यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका पार्वत गुरुङलाई सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes