धनकुटामा महिलाद्वारा बलात्कार प्रयास गर्ने पुरुषको हत्या - Pahilo Online

धनकुटामा महिलाद्वारा बलात्कार प्रयास गर्ने पुरुषको हत्या

writer

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउँनेमा एक पुरुषको हत्या भएको छ। ती पुरुषले आफूमाथि बलात्कार प्रयास गरेपछि हत्या गरेकी हुन्। घुमाउँनेकी ३० वर्षीया कमला गुरुङले सोही ठाउँका लीलबहादुर गुरुङको हत्या गरेकी हुन्। लीलबहादुरले बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको पाइएको धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए।

महिलाले राति १० बजेतिर घरमा सुतिरहेको बेला ढोका फुटाएर बलात्कार प्रयास गरेपछि खुकुरी प्रहार गरेको बयान दिएकी प्रहरीले जनाएको छ। यता प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि बलात्कारको प्रतिकारमा हत्या भएको देखिएको एसपी अधिकारीले जानकारी दिए। मृतकको शवलाई पनि पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ भने महिलालाई पनि नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

राति कमलाको घरमा गएर लीलबहादुरले ढोका ढकढकाएर खोल्न आग्रह गरेको र भित्रबाट नखोलेपछि बाहिरबाटै ठेलेर चुकुल उक्काई भित्र पसेर बलात्कार प्रयास गरेको र सोही क्रममा खुकुरी भेटेर हानेको कमलाले बयान दिएकी छन्। खुकुरी प्रहारपछि घाइते भएका लीलबहादुर भागेका थिए। टाउकोमा गम्भीर चोट लागेका उनको बिहान स्थानीय लाहुरे खोल्सीमा शव फेला परेको थियो।

३० वर्षीय मृतक लीलबहादुर विवाहित हुन तर, श्रीमतीले उनलाई छोडेर करिब एक वर्ष पहिले नै अर्को बिहे गरेकी थिइन्। उनका दुई छोरा छन्। यता, बलात्कार प्रयास गर्दा प्रतिकार गर्ने कमलाका श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा करिब १५ महिना पहिले दुबई गएका छन्। उनी ११ वर्षे छोराको साथमा घरमा भएका बेला घटना भएको हो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes