प्रदेश १ मा बुधबार ४४५ संक्रमित थपिए, १४२ जना डिस्चार्ज - Pahilo Online

प्रदेश १ मा बुधबार ४४५ संक्रमित थपिए, १४२ जना डिस्चार्ज

writer

मोरङ । प्रदेश १ मा बुधबार ४४५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १९७, मोरंगमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ११४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४९ महिला र ६५ पुरुष छन् । सुनसरीकै इनरुवामा ४८, इटहरीमा १९, दुहवीमा ८, बराहक्षेत्र र बर्जुमा २–२, रामधुनी र हरिनगरमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । मोरंगको विराटनगरमा १०९, सुन्दरहरैचामा ३२, रंगेलीमा १६, पथरीशनिश्चरेमा ९, सुनबर्षीमा ६, बुढीगंगामा ४, बेलबारी र जहदामा २–२, कानेपोखरी, रतुवामाई, लेटाङ र कटहरी, ग्रामथानमा १–१ जनााम संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको भद्रपुरमा १३, दमकमा १०, मेचीनगरमा ७, विर्तामोडमा ५, बुद्धशान्ति र कनकाईमा ३–३ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उदयपुरको चौदण्डीगढी र बेलकामा ३–३, धनकुटाको शहिदभूमी र इलामको सुर्योदयमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ११ हजार ६१५ पुगेको छ ।

प्रदेश १ मा बुधबार १४२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १३६, मेची अस्पतालबाट ४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार १५ पुगेको छ । प्रदेश १ मा बुधबार १ हजार ८१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६२ महिला र २८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४० हजार ९५७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes