निर्माणाधीन रिटेनिङ वालको अनुगमन् - Pahilo Online

निर्माणाधीन रिटेनिङ वालको अनुगमन्

writer

पथरी शनिश्चरे । मोरङको पथरी नगरपालिकाका वडा नम्वर १० जिरिखिम्तीस्थित पूर्वपश्चिम मुख्य सडक दक्षिण डाँस खोला नजिकको सडकमा निर्माणाधीन एकतर्फी ड्रेन (रिटेनिङ वाल) को आज अनुगमन भएको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा १० नम्वर वडाकी कार्यवाहक अध्यक्ष मैनादेवी फूयँल आचार्य सहितको प्राविधिक सहितको टोलीले निर्माण जारी रहेको योजनाको अनुगमन् गरेको हो । अनुगमन् समितिले गुणस्तरीय तथा न्यायोचित काम गर्न सुझाव दिएको छ ।

वडा कार्यालयको ७ लाख रुपैयाँ लागतमा दीपक राईको घर दक्षिणको सडकको दुवै किनारामा २ सय ५० मिटर÷२ सय ५० मिटर गरी कुल ५ सय मिटर लम्बाईको रिटेनिङ वालका रुपमा एकतर्फी ड्रेन निर्माण कार्य भइरहेको हो । सो सडकमा गत आर्थिक वर्षमा प्रदेश सरकारको बजेटमा ग्राभेल समेत गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes