प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठन - Pahilo Online

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठन

दुई मन्त्री नयाँ थपिए, दुईको जिम्मेवारी हेरफेर

writer

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को पुनर्गठन गरेका छन् । पुनगर्ठित मन्त्रिपरिषद्मा दुई नयाँ मन्त्री थपिएका छन् भने दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई जिम्मेवारविहिन बनाइएको छ । पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालय प्रधानमन्त्री आफैले राखेर उनलाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ ।

यसैगरी रिक्त रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङलाई नियुक्त गर्नुभएको छ । गुरुङ यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थिए । प्रधानमन्त्री ओलीले आजै अर्थ मन्त्रीमा विष्णु पौडेल (रुपन्देही), सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ (काठमाडौं) र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ श्रेष्ठ (सिराह)लाई नियुक्त गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes