६५ औं प्रहरी दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न - Pahilo Online

६५ औं प्रहरी दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

writer

मोरङ । ६५औ प्रहरी दिवस २०७७ को अवसर पारेर आज(बुधबार) १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङगणमा रक्तदान कार्यक्रयम गरिएको छ । नेपाल रेडक्रस सोसाईटी मोरङ शाखा अन्तरगतको क्षेत्रीय रक्त सेवा विराटनगरको उपस्थितिमा प्रहरीले रक्तदान गरेको हो । पछिल्लो समय कोभिड १९ का कारण देशैभर रगतको कमी भईरहेको बेला रक्तसञ्चार सेवामा रगत अभाव नहोस भन्ने हेतुले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले ६५ औं प्रहरी दिवसको अवसर पारेर रक्तदान गरेको हो ।

रगत अभावका कारण विभिन्न अस्पतालमा पुर्याईएका बिरामीहरुको उपचारमा समेत समस्या भईरहेको बेला यस कार्यलयमा रक्तदानको कार्यक्रम चलिरहेकै समयमा कोशी अस्पताल बिराटनगरमा एक महिलालाई तत्काल रगत आवस्यक परेको जानकारी पाए लगत्तै रक्तदान स्थानबाटै उक्त बिरामी महिलाका लागी रगत उपलब्ध गराईएको थियो । आज भएको रक्तदान कार्यक्रममा १०१ जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes