भेण्टिलेटर बिग्रिएर बिरामीले उपचार नपाएपछि बीपीको कोभिड अस्पतालमा अख्तियारको छानविन - Pahilo Online

भेण्टिलेटर बिग्रिएर बिरामीले उपचार नपाएपछि बीपीको कोभिड अस्पतालमा अख्तियारको छानविन

writer

सुनसरी । खरीद गरीएको सामग्री बिग्रिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा भएका खरिद बारे छानबिन सुरु गरेको छ । प्रतिष्ठानस्थित कोभिड अस्पतालमा खरिद गरिएका १० भेण्टिलेटर मध्ये ६ वटा बिग्रिएर बिरामीले उपचार नपाएको, आर्थिक अनियमितता भएको, उपचार सेवा प्रभावकारी नभएको र लापरबाही भएको सार्वजनिक भएपछि अख्तियार टोलीले अस्पतालको स्थलगत निरीक्षण समेत गरेको छ ।

सोमबार राती अख्तियार टोलिले कोभिड अस्पतालको स्थलगत छानविन गरेको प्रतिष्ठान स्रोतले जनाएको छ । प्रतिष्ठानका उपकुलपती डा.ज्ञानेन्द्र गिरीले कमसल औषधि उपकरण खरिद गरि आर्थिक अनियमितता गरेको उजुरी परेपछि अख्तियारको टोलीले छानबिन थालेको हो । अख्तियारले स्थलगत निरीक्षण गरि शंकास्पद खरिद प्रकृयाका सबै विवरण माग गरिएको अख्तियार स्रोतले जनाएको छ । उपकुलपति गिरीले प्रतिष्ठानकै खरिद प्रक्रियामा विशेष अदालतमा मुद्धा चलिरहेका विवादित व्यापारी चेतन अग्रवालसँग उपकरण खरिद गरेका थिए ।

अस्पतालमा आवश्यक औषधि उपकरण खरिद गर्दा प्रतिष्ठानका रजिष्ट्रार र निर्देशकको सिरफारिसका आधारमा उपकुलपतीले टेन्डर प्रक्रिया मार्फत खरिद गर्नुपर्ने प्रावधान छ । तर उपकुलपति गिरीले प्रक्रिया बिनै विवादित व्यापारीसँग खरिद गरेका थिए । उपकुलपती गिरीले प्रतिष्ठानका रजिष्ट्रार मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहको समेत अधिकार खोसेका छन् ।

प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीलाई खरिद बारे सोध्दा उनले उपकुलपतिसँग बुझ्न आग्रह गरे । तर उपकुलपति गिरी कसैको फोन उठाउँदैनन् । रजिष्ट्रार रेग्मीलाई आर्थिक अधिकार उपकुलपतिले खोसेको विषयमा सोध्दा उनले आन्तरिक कुरा भन्दै बोल्न चाहेनन् । (ब्लाष्टखवर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes