सरकारले अब एन्टिजेन विधिबाट पनि कोरोना परीक्षण - Pahilo Online

सरकारले अब एन्टिजेन विधिबाट पनि कोरोना परीक्षण

writer

काठमाडौं । नेपाल सरकारले अब एन्टिजोन विधिबाट पनि कोरोना भाइरस परीक्षण गर्ने भएको छ । राष्ट्रिय कोभिड—१९ परीक्षण मापदण्ड २०७६ लाई संशोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन विधिबाट कोभिड—१९ को परीक्षण गर्न थालेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यस विधिबाट परीक्षण शुल्क एक हजार मात्र तोकिएको छ । मन्त्रालयले पछि यसको समयानुकल परिमार्जनसमेत गर्नेछ । रिएजेन्ट परीक्षणको रिर्पोट पोजेटिभ आएका काठमाडौँ उपत्यकाको हकमा इपिडिमियोलेजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, सम्बन्धित कार्यालय र व्यक्तिलाई तथा नेगेटिभ रिर्पोट आएमा सम्बन्धित व्यक्तिलाई दिनुपर्ने उनले बताए ।

उनका अनुसार कोभिड—१९ एन्टिजेन परीक्षणका लागि एफडिए युएई मान्यता प्राप्त किट र स्वास्थ्य सेवा विभागबाट मान्यता प्राप्त गरेका किटमात्र सूचीकृत हुनु पर्नेछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालको अनुमति प्राप्त गरेका प्रयोगशालाले मात्र एन्टिजेन परीक्षण गराउने पाउनेछन् । रासस

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes