धरानबाट खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ - Pahilo Online

धरानबाट खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ

writer

सुनसरी । सुनसरी धरान १५ बिशालचोक बस्ने ३८ बर्षीय विजय कुमार रोक्का लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । को १० प ६२५९ नम्बरको मोटरसाईकलमा आईरहेका रोक्कालाई विषेश सुराकका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो(सोमबार) राती ८ बजे धरान साम्पाङ चोकबाट नियन्त्रणमा लिएको थियो। नियन्त्रण पश्चात उनिमाथी चेकजाँच गर्दा शरिरमा लुकाई छिपाई राखिएको १२ ग्राम ५०० मिलिग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर र नगद १० हजार ९ सय ६० रुपैया समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका रोक्का उपर ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes