भद्रपुर । झापाको बिर्तामोड नगरपालिका २ चारपानेस्थित एक घरमा आइतबार छापा मारेर ससस्त्र प्रहरीले भन्सार छली गरी भित्र्याइएको कपडा बरामद गरेको छ । विशेष सूचनाको आधारमा छापा मार्दा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाको टोलीले ५ लाख २७ हजार रुपैयाँ मूल्य बराबरको लत्ताकपडा बरामद गरेको डिएसपी प्रेम भण्डारीले जानकारी दिए ।

बरामद गरिएका लत्ताकपडाको बिलबिजक नभएको डिएसपी भण्डारीले जानकारी दिए । सोमबार मेची भन्सार कार्यालय काँकडभिट्टालाई कपडा बुझाइएको छ । केही दिनअघि नेपाल प्रहरीले कचनकवल–६ बनियानीबाट साढे चार लाख रुपैयाँ बरामदको सामान बरामद गरेको थियो ।



