नागरिकता, बजार अनुगमन् र शान्ति सुरक्षा बारेमा नगरमा अन्तरक्रिया सम्पन्न - Pahilo Online

नागरिकता, बजार अनुगमन् र शान्ति सुरक्षा बारेमा नगरमा अन्तरक्रिया सम्पन्न

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयमा आज(सोमबार) नागरिकता, बजार अनुगमन् र शान्ति सुरक्षा बारेमा अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नागरिकता प्रमाणपत्र प्रदान गर्दाका समस्या र समाधानका विषयमा जानकारी गराए । उनले नागरिकता ऐन संसोधन गरी नागरिकता सम्बन्धी संघीय कानून निर्माण र संविधानमा प्रादेशिक पहिचान सहितको नागरिकता दिने उल्लेख भएपनि सो अनुरुपको कानून बन्न बाँकी रहेको जानकारी दिए।

कार्यक्रममा, सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब खड्काले बजार अनुगमन् गर्दै उपभोक्ता हकहित संरक्षण र अधिकार बहाली गराउने कुरामा जनप्रतिनिधि तथा प्रशासनिक पक्ष मसिनो रुपमा लाग्नु पर्ने आवश्यकता औंल्याए। सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक मानबहादुर राई लगायतले शान्ति सुरक्षाका बारेमा बोलेका थिए।

कार्यक्रमका सभाध्यक्ष पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राई र नगर प्रवक्ता यामप्रसाद गुरागाईंले यस प्रकारको अन्तरक्रिया कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीहरुको जनहितका कामकारबाहीमा थप सहयोग पुग्ने बताए । इलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख श्रवणकुमार पोखरेलको पनि कार्यक्रममा सहभागिता रहेको छ । अन्तरक्रियामा, नगरका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिवहरुको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes