करेन्ट लागेर २४ बर्षीय युवकको मृत्यु - Pahilo Online

करेन्ट लागेर २४ बर्षीय युवकको मृत्यु

writer

झापा । पांचथर फिदिमका २४ बर्षीय शिव तुम्बाहाम्फोको करेन्ट लागेर मृत्यु भएको छ । फिदिम घर भएका तुम्बाहाम्फो झापा बिर्तामोड स्थितमा आफ्नो सानीआमाको घरमा केही दिन अगाडी आएका थिए । सानीआमाकै घरमा आएको बेला घर नजिकै रहेको नालामा उनि माछा पार्न भनि हिजो साझँ ६ बजे गएका थिए । नालामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक तुम्बाहाम्फो आफैलाई करेन्ट लाग्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साथै उनि संगै माछा मार्न गएका हरी प्रसाद रिमाललाई समेत करेन्ट लागेकोमा उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes