झापा । झापाको मेचीनगर नगरपालिका ७ स्थितमा बस्ने ३५ बर्षीय सुवाश दर्जी र मेचीनगर ८ का सन्दिप राजवंशी लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । हिजो(आइतबार) दिउसो पौने ४ बजे दुबैजनालाई मेचीनगर ७ ईटाभट्टा एरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा १५७ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरेको हो । यसरी ब्राउनसुगर सहित पक्राउ परेका दर्जी र राजवंशी उपर थप अनुसन्धान तथा ईलाका प्रहरी कार्यालय काकड्भिट्टाबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।