पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयमार्फत सम्पन्न भएका योजनाहरुको दीर्घकालिन अवस्थाका बारेमा अनुगमन् गरिएको छ । यसक्रममा, आज नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको प्राविधिक सहितको टोलीले ८ लाख रुपैयाँको लागतमा ६ नम्बर वडाको भातेगौंडा पूर्वको १ किलोमिटर ५० मिटरको सडक ग्राभेलको हालको अवस्थाका बारेमा अनुगमन् गरेको छ ।
त्यसैगरी, ४ नम्बर वडाको शिरिषेडाँडामा अवस्थित सरस्वती आधारभूत विद्यालयमा नगरको शिक्षा शाखामार्फतको ७ लाख रुपैयाँ बजेटमा निर्मित शौचालय र १ नम्वर वडाको भूल्के जालपादेवी मन्दिर परिसरको ३ लाख ५५ हजारको लागतको पेवल विछ्याउने कार्यको अवस्था पनि अनुगमन् भएको छ । यसका साथै पुलचोक किर्तिपुर सडकको कालोपत्रे सहितको हालको अवस्थाका बारेमा अनुगमन् गर्दै सडक क्षेत्रमा कुनै सामग्री नराख्न समेत अनुरोध गरिएको छ । निर्माण भएका योजनाहरु दीर्घकालिन रुपले टिकाउ हुनुपर्ने कुरामा समितिले जोडदिँदै उपभोक्ताहरुलाई त्यसमा सचेत रहेर काम गर्न निर्देश गरेको छ ।