भुल्के पशुपति सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पदम पाख्रिन तामाङ पुनः निर्वाचित - Pahilo Online

भुल्के पशुपति सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पदम पाख्रिन तामाङ पुनः निर्वाचित

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका १० मा अवस्थित श्री भुल्के पशुपति सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पदम पाख्रिन तामाङ पुनः निर्वाचित भएका छ्न। शनिबार आयोजना भएको ९ औ बार्षिक चुनावी साधारण सभामा तामाङ सर्वसम्मत निर्वाचित भएका हुन।

त्यस्तै,उपाध्यक्षमा कुमार विश्वकर्मा, सचिवमा मिना तामाङ, उपसचिवमा प्रताप थापा, कोषाध्यक्षमा देविमाया थापा सर्वसम्मत चयन भएका छ्न। त्यस्तै, सदस्यहरुमा राजकुमार तामाङ, जीवन लिम्बू, बिमलाकुमारी मगर, मिनाकुमारी मगर, अनुप थापा, लालमाया विश्वोकर्मा, सारदा कार्की रहेका छन। भुल्के पशुपति वनका अध्यक्ष पदम पाख्रिन तामाङको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथी नगरप्रमुख दिलिपकुमार राई, विशिष्ट अतिथीहरुमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रदेश नम्बर १ सचिव अग्नि पौडेल, सवडिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख तुलसीलाल यादव, फोकोफन नगर महासंघ अध्यक्ष रविन्द्रकुमार राईलगायतको उपस्तिथि रहेको थियो।

कार्यक्रममा स्थानीय स्कुल जल्पा सिंहदेवि आधारभूत विद्यालयका आर्थिक अवस्था कमजोर भएका केही विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो भने सोही वनले दिएको ३ महिने सिलाई कटाई तालिम पूरा गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र पनि हस्तान्तरण गरिएको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes