हिमाली जिल्ला सोलुखुम्बुलाई दुई वर्षमा फुसको छानामुक्त बनाइने - Pahilo Online

हिमाली जिल्ला सोलुखुम्बुलाई दुई वर्षमा फुसको छानामुक्त बनाइने

writer

सोलुखुम्बु । संघीय सरकारको सहयोगमा सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानो मुक्त बनाइने भएको छ। सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई (शुरवीर)ले जस्ताको छाना लगाउन नसक्ने विपन्न परिवारलाई संघीय सरकारले ५० हजार सहयोग गरेर फुसको छाना मुक्त बनाइने बताए। सुरक्षित नागरिक आवस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा जिल्लाका १ हजार २ सय ८९ विपन्न परिवारले उक्त अनुदान पाउने सांसद राईको भनाई छ।

संघीय सांसद हेमकुमार राई (शूरवीर)को संयोजकत्वमा हिजो (शुक्रबार) जिल्ला समन्वय समितिको कार्यालयमा बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले ८ वटै स्थानीय तहका वडाहरुमा अनुदान दिने घरधुरीको संख्या निर्धारण गरेको छ। बैठकको निर्णयअनुसार प्रथम चरणको यस कार्यक्रमअन्तर्गत थुलुङ दूधकोशी गाउँपालिकामा सबैभन्दा बढी ३४७ र लिखुपिके गाउँपालिकामा सबैभन्दा कम ७५ घरधुरीले अनुदान प्राप्त गर्नेछन्। यसैगरी सोलुदूधकुण्ड नगरपालिकामा १३०, माप्या दूधकोशी गाउँपालिकामा १४१, नेचा सल्यान गाउँपालिकामा २२९, महाकुलुङ गाउँपालिकामा १३५, खुम्बु पासाङल्हामु गाउँपालिकामा ७७ र सोताङ गाउँपालिकामा १५५ घरधुरीले अनुदान प्राप्त गर्नेछन्। खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं. २ मा भने यसअघिनै जस्तापाताको छानो रहेको गाउँपालिकाकाले जनाएको छ। बैठकमा बोल्दै संघीय सांसद राईले गरिबीको रेखामुनी रहेका र छानो फेर्न नसक्ने बिपन्न वर्गलाई यस कार्यक्रमले राहत मिल्ने बताए।

सोलुखुम्बुको लागि बढि संख्यामा माग गरिएको भए पनि पहिलोचरणमा १२८९ घरधुरीका लागि बजेट प्राप्त भएको उनको भनाई छ। जसको कार्यान्वयन स्थानीय सरकारले नै बताइएको छ। त्यसैगरी बैठकमा जिल्ला समन्वय समिति, सोलुखुम्बुका प्रमुख बीर कुमार राईले खर, काठ वा ढंगाको छानो जोखिमपूर्ण हुने भएकाले सुरक्षित नागरिक आवास कार्यक्रम प्रभावकारी हुने बताए। सोलुखुम्बुमा संचालन हुने यस कार्यक्रमअन्तर्गत सबै जस्तापाता हरियो घाँसे रंगको प्रयोग गरिने भएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes