मोरङ । मोरङको बेलबारीमा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले २ लाख ५० हजार भन्दाबढि नगद सहित पक्राउ गरेको हो। नगरपालिकाको ४ नम्बर वडा स्थित गर्जुराम टोलमा रहेको अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले कौडा, तास, नगद र सवारीसाधनसहित ६ जनालाई पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा मोरङ बेलबारी नगरपालिका ३ मैनावारी टोल बस्ने बर्ष ४० को रित गुरुङ, लक्ष्मीमार्ग बस्ने बर्ष ५६ को सुजय गौतम, बर्ष ५२ को चन्द्र लिम्बु, झापा दमक नगरपालिका ५ मन्टेश्वरी टोल बस्ने बर्ष ३२ को धमेन्द्र राई, जिल्ला सुनसरी ईटहरी उमनपा १ हलगडा बस्ने बर्ष ४७ को प्रदिप तामाङ र धनुषा चारनाथ गणेशमान नगरपालिका ८ पोर्ताहा बस्ने बर्ष ५० को पर्शुराम भुजेल रहेका छन् ।
पक्राउ परेका ६ जनाको साथबाट प्रहरीले नगद २ लाख ५३ हजार २ सय ३५ रुपैयाँ, कौडा १ सेट, तास ३ बुङ, को.२ च २८१९ नम्बरको स्कापियो, को २३ प १३८७ नम्बरको स्कुटि, र अनटेस्ट मोटरसाइकल १ थान बरामत गरेको कार्यालयले जनाएको छ। बरामत सामान हित पक्राउ परेका ६ जना माथी थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।