सुनसरी । धरान २० विष्णुपादुकामा अबैधरूपमा लगाइएका गाँजाको प्रहरीले नष्ट गरेको छ। अस्थाइ प्रहरी चौकी बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलिले विष्णुपादुकाको तल्लो खैरे भन्ने ठाउँको पाखोबारीमा लगाइएको ६ सय बोट गाँजा नष्ट गरेको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिएका छन् ।
डिएसपी बस्नेतले भने’ केहि स्थानियले घरबारीमा पनि लगाइएको रहे छन् । केहि आफै उम्रिएको रहेछ । प्रहरीले २ दिनमा नष्ट गरेको छ।’ उनका अनुसार प्रहरीले बिहिबार र बुधबार गरी २ दिनमा सो परिमाणको गाँजाका बोट नष्ट गरेको हो ।