छिमेकीको खुकुरी प्रहारबाट घाइते ६५ वर्षिय वृद्धको मृत्यु - Pahilo Online

छिमेकीको खुकुरी प्रहारबाट घाइते ६५ वर्षिय वृद्धको मृत्यु

writer

सुनसरी । आपसी विवादमा छिमेकीको खुकुरी प्रहारबाट घाइते इनरुवा ८ का ६५ वर्षिय वृद्ध चन्द्रबहादुर कोइरालाको मृत्यु भएको छ । बिराट नर्सिङ होममा उपचार पश्चात केहि दिन अघि घर ल्याइएका उनको आज(शुक्रबार) मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । छिमेकी बलबहादुर खड्काले असोज ३ गते साँझ खुकुरी प्रहार गर्दा कोइराला गम्भिर घाइते भएका थिए ।

आपसी विवाद हुँदा आवेगमा आएका खड्काले घरबाट खुकुरी ल्याएर वृद्ध माथि अन्धाधुन्द प्रहार गरेका थिए । सो क्रममा बृद्धको खुट्टा सहित शरीरका विभिन्न भागमा गम्भिर चोट लागेको थियो । खुकुरी प्रहारको क्रममा श्रीमानलाई जोगाउन पुगेकी कोइरालाकी पत्नी समेत घाइते हुन पुगेकी थिइन् । घटनामा संलग्न खड्लाई तत्कालै नियन्त्रणमा लिएको प्रहरीले त्यस लगत्तै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी कार्वाहीको प्रकृया अघि बढाएको थियो । प्रहरी नियन्त्रणमा रहेका खड्काले घटना स्विकारी सकेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes