प्रदेश १ मा ४११ जना कोराना संक्रमित थपिए, ४५८ निको भई डिस्चार्ज - Pahilo Online

प्रदेश १ मा ४११ जना कोराना संक्रमित थपिए, ४५८ निको भई डिस्चार्ज

writer

मोरङ । प्रदेश १ मा आज(बिहिबार) ४११ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २–२, धनकुटा, खोटाङ, संखुवासभा, ते¥हथुममा १–१ जना र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १०० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३४ महिला र ६६ पुरुष छन् । मोरङको रंगेलीमा ४ महिला ८ पुरुष, बेलबारीमा ३ महिला ६ पुरुष, उर्लाबारीमा ३ महिला ५ पुरुष, बुढीगंगामा २ महिला ५ पुरुष,लेटाङमा ५ महिला २ पुरुष, सुन्दरहरैचामा ३ महिला २ पुरुष, कटहरीमा २ महिला ३ पुरुष, धनपालथानमा ४ महिला २ पुरुष, केराबारीमा ३ पुरुष, पथरीशनिश्चरेमा १ महिला २ पुरुष, कानेपोखरीमा १ महिला १ पुरुष, सुनबर्षीमा २ पुरुष, जहदामा १ पुरुष, जहदामा १ महिला र स्थानीय तह नखुलेका १ महिला ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको इटहरीमा २८ महिला ४० पुरुष, धरानमा २४ महिला २८ पुरुष, दुहवीमा २ महिला १० पुरुष, रामधुनीमा ६ पुरुष, इनरुवामा १ महिला ४ पुरुष, गढीमा २ महिला १ पुरुष, बराहक्षेत्रमा १ महिला २ पुरुष,भोक्राहानरसिंहमा २ पुरुष, बर्जु र देवानगञ्जमा १–१ पुरुष र स्थानीय तह नखुलेका १ पुरुष १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको मेचीनगरमा ४ महिला ७ पुरुष, भद्रपुरमा २ महिला ७ पुरुष, दमकमा ५ महिला १ पुरुष, विर्तामोडमा १ महिला ३ पुरुष, हल्बिारी, अर्जुनधारा र बा¥हदशीमा १–१ पुरुष, शिवसताक्षीमा १ महिला र स्थानीय तह नखुलेका १ महिला १ पुरुष, उदयपुरको बेलकामा ४ महिला ७ पुरुष, त्रियुगामा ३ महिला, चौदण्डीगढीमा १ महिला १ पुरुष, उदयपुर गढीमा १ पुरुष र स्थानीय तह नखुलेका १ महिला १ पुरुष, भोजपुरमा २ पुरुष, इलामको माईमा १ पुरुष, सन्दकपुरमा १ महिला, ताप्लेजुङको पुङलिङमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुष, खोटाङमा १ पुरुष, ते¥हथुमा १ पुरुष, संखुवासभाको चैनपुरमा १ महिला, धनकुटामा १ महिला र प्रदेश १ बाहिरका ५ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितका संख्या ८ हजार ८५७ पुगेको छ । प्रदेश १ मा आज ४५८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ४२१, जिल्ला अस्पताल संखुवासभामा २१, विराट मेडिकल कलेजबाट १६ जना डिस्चार्ज भएका छन् । हालसम्म ४ हजार ६६२ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज १ हजार ६६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५८ महिला र २५३ पुरुष छन् । हालसम्म १ लाख ३२ हजार ३३१ ज्नाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes