पथरीशनिश्चरेका वडा कार्यालय र स्वास्थ्य सस्था असोज २५ बाट खुल्ने - Pahilo Online

पथरीशनिश्चरेका वडा कार्यालय र स्वास्थ्य सस्था असोज २५ बाट खुल्ने

writer

पथरी शनिश्चरे । कोरोना संक्रमणका कारण बन्द रहेको मोरङको पथरी शनिश्चरे नगरपालिका, वडा कार्यालय र स्वास्थ्य सस्थाको सेवा असोज २५ गते आइतबारबाट सुचारु हुने भएको छ । कोरोना भाइरस जोखिम न्यूनीकरण नगरस्तरीय समन्वय समिति र पथरी शनिश्चरे नगर कार्यपालिकाको आजको(विहिवार) संयुक्त बैठकले त्यस्तो निर्णय गरेको नगर प्रबक्ता यामप्रसाद गुरागाइले जनाउनु भयो । समन्वय समिति संयोजक एवम नगर प्रमुख दिलीपकुमार राइको अध्यक्षतामा बैठक बसेको थियोे ।

जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरका कर्मचारी तथा समुदायका समेत गरि ९ जनामा कोरोना देखिएपछि असोज १८ बाट नगरपालिका, वडा कार्यालय, नगर अस्पताल र त्यस मातहतका स्वास्थ्य सस्थाको अतिआवस्यक बाहेकका सेवा बन्द गरिएको थियो । उनीहरुको सम्पर्कमा रहेकाहरुको जाँचमा थप जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरका कर्मचारीमा कोरोना नदेखिएकाले अब सेवा सुचारु गरिने भएको हो । १ सय ७० जनाको पछिल्लो रिपोर्टमा समुदायका ३ जनामा भने कोरोना देखिएको छ । अन्य ५ जनाको भने पुनः जाँच गरि रिपोर्ट आउन बाकी रहेको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes