उदयपुरमा कन्टेनर भीरबाट खस्दा दुई जनाको मृत्यु, दुई घाइते - Pahilo Online

उदयपुरमा कन्टेनर भीरबाट खस्दा दुई जनाको मृत्यु, दुई घाइते

writer

उदयपुर । उदयपुर कटारी ८ स्थित सिद्धिचरण राजमार्गको दमारको भिर भन्ने स्थानमा हिजो(बुधवार) अपरान्ह ५ बजे ना ५ ख ९४२४ नम्बरको कन्टेनर अनियन्त्रित भई ७ सय मिटर तल खसि दुर्घटना भएको छ । कन्टेनर दुर्घटना हुदा कन्टेनर भित्र रहेका दुई जानको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । मृत्यु हुनेमा कटारीका ४५ बर्षीय मिन बहादुर मगर र अर्का तत्काल वतन नखुलेका राकेश कुमार यादव रहेका छन । उनिहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसै गरी कन्टेनरका चालक झापा दमकका योगेन्द्र दाहाल र सह चालक सुनसरी बहारका विजय भुजेल घाईते भएका छन । घाईते उनिहरुको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes