सरस्वती आधारभूत विद्यालयलाई १ थान साउण्ड सेट प्रदान - Pahilo Online

सरस्वती आधारभूत विद्यालयलाई १ थान साउण्ड सेट प्रदान

writer

कानेपोखरी । उदाहरणिय कार्यहरुमा सबैको प्रशंसा र सहयोग रहन्छ। दिनहुँ विद्यार्थीको रुचि घट्दै गएको सामुदायिक विद्यालयलाई नमुना बनाउने प्रयासका साथ लागिपरेको पुर्वविद्यार्थीको सपना करिब साकार हुने अवस्थामा पुगिसकेको छ। त्यही साकारतालाई अझ पुर्णता प्रदान गर्न मोरङको कानेपोखरी ६, मुलगाउँको सरस्वती आधारभूत विद्यालयलाई सहयोग प्राप्त भएको छ्। बि.एण्ड बि कन्सट्रक्सन प्राइभेट लिमिटेड कानेपोखरी ५ का प्रोपाइटर शिक्षाप्रेमी, राजनीतिज्ञ भुपाल श्रेष्ठले आइतबार स्कुललाई १२,५०० मुल्य बराबरको १ थान साउण्ड सेट प्रदान गरेका हुन्।

विद्यालय व्यवस्थापन समिती गठन कार्यक्रमको अवसरपारी सो सामग्री श्रेष्ठले स्कुलका प्रधानाध्यापक चन्द्र मगर, स्कुल व्यवस्थापन समितीका पुर्वअध्यक्ष विबेक लिम्बु, पुर्वविद्यार्थी संगठनका वर्तमान अध्यक्ष खगेन्द्र बराईली लगायतलाई प्रदान गरेका थिए । कार्यक्रममा सहयोगकर्ता श्रेष्ठले स्कुलको प्रगतिको तारिफ गर्दै विद्यालयको सुधारको पक्षमा साथ दिनुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै, सक्रियताको प्रशंसा गरे। बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक लिम्बुले सहयोगी मनलाई धन्यवाद दिदै अगामी दिनहरुमा पनि साथ, सहयोग र समन्वयको आशापनि रहेको बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes