मकालु आधार शिविर घुम्न गएका युवकको लेक लागेर मृत्यु - Pahilo Online

मकालु आधार शिविर घुम्न गएका युवकको लेक लागेर मृत्यु

writer

संखुवासभा । सदरमुकाम खाँदबारीबाट मकालु आधार शिविर घुम्न गएका खाँदबारी नगरपालिका –१ का २४ वर्षीय विवेक श्रेष्ठको मृत्यु भएको छ । मकालु गाउँपालिका–२ याङ्लेखर्कमा लेक लागेर उनको मृत्यु भएको हो ।

श्रेष्ठको शिवधारा पुगेर फर्कने क्रममा बाटैमा स्वास्थ्य समस्या देखिएको थियो । उनको शुक्रबार बार राति सुतेकै स्थानमा मृत्यु भएको यात्रामा सहभागी खाँदबारी –३ का सुशील कार्कीले जानकारी दिए । सदरमुकाम खाँदबारीबाट यही असोज १२ गते सात युवाको टोली बेस क्याम्पतर्फ लागेको थियो । श्रेष्ठसहितको टोली शिवधारा दर्शन गरिसकेर मकालु बेस क्याम्प जाँदै गर्दा बाटैमा स्वास्थ्य समस्या देखिएपछि याङ्लेखर्कभन्दा केही तलको एक होटलमा उनलाई राखिएको यात्रामा सहभागी कार्कीले बताए ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले श्रेष्ठको लेक लागेर शुक्रबार राति सुतेकै स्थानमा मृत्यु भएको हुन सक्ने बताए । श्रेष्ठको शव लिन मकालु बेस क्याम्प उडेको हेलिकप्टर खराब मौसमका कारण नै रोकिएको थियो । शनिबार घटनास्थलतर्फ उडेको हेलिकप्टर आज बिहान मात्रै शव लिएर सदरमुकाम खाँदबारी आइपुगेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes