आइतवार प्रदेश १ मा १७९ संक्रमितथपिए, ३६३ निको भई डिस्चार्ज - Pahilo Online

आइतवार प्रदेश १ मा १७९ संक्रमितथपिए, ३६३ निको भई डिस्चार्ज

writer

मोरङ । प्रदेश १ मा आज(आइतवार) १७९ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा १ र प्रदेश ४ बाहिरकाजना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ६९ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४३ पुरुष छन् । मोरङको कानेपोखरीमा २ महिला ८ पुरुष, कटहरीमा १ महिला १ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, धनपालथान, सुन्दरहरैचा, सुनबर्षी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यता सुनसरीको इटहरीमा १९ महिला र २२ पुरुष, इनरुवामा ६ महिला ८ पुरुष, बर्जुमा २ महिला २ पुरुष, देवानगञ्जमा १ महिला र स्थानीयतहनखुलेका २ महिला २ पुरुष, झापाको विर्तामोडमा ३ महिला ७ पुरुष, दमकमा २ महिला ५ पुरुष, कनकाईमा १ पुरुष, खोटाङको जन्तेढुङ्गामा २ महिला २ पुरुष, स्थानीयतहनखुलेका १ महिला, उदयपुरको कटारीमा १ पुरुष र प्रदेश १ बाहिरका ४ पुरुषमा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । प्रदेश १ मा आज ३६३ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ३४६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, मेची अस्पतालबाट ७, विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८८ पुगेको छ । प्रदेश १ मा आज ६६६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ६८ महिलार १११ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २७ हजार ५५६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes