कानेपोखरी गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि - Pahilo Online

कानेपोखरी गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि

writer

कानेपोखरी । कानेपोखरी गाउँपालिकाका ५ जनालाई आज(आइतबार) कोरोना संक्रमण पुष्टि भएको छ। असोज १६ गते होम आइसोलेसन र कन्ट्याक ट्रेसिङमा परेका जम्मा ३३ जनाको स्वाब संकलन गरि प्रदेश कोभिड ल्याब बिराटनगर पठाइएको थियो । ती मध्ये ५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको पालिका स्वास्थ्य प्रमुख रोहिन्द्रकुमार राजभण्डारीले जानकारी दिए।

वडा नम्वर २ का अध्यक्ष सुशील बुढाथोकीलाई असोज १४ गते कोरोना पुष्टि भएपछी उनको सम्पर्कमा आएकाहरु कन्ट्याक्ट ट्रेसिङमा परेका थिए। कानेपोखरी वडा नम्बर ६, रमाइलो आसपास बसोबास गर्नेहरुमा देखिएको कोरोना संक्रमणमध्ये १ जना विपत व्यवस्थापन समितीको सदस्य रहेको पनि स्वास्थ्य प्रमुख राजभण्डारीले बताए। अहिले संक्रमितहरु होम आइसोलेसनमा बसिरहेका छ्न भने उनिहरुको अवस्था सामान्य रहेको छ। कोरोना संक्रमण फैलिन नदिन के कस्ता रणनीति अपनाउने भन्नेबारे अहिले विपत व्यवस्थापन समितीको बैठक बसिरहेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes