सुनसरीबाट ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ - Pahilo Online

सुनसरीबाट ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ

writer

सुनसरी । सुनसरी ईनरुवा-३ स्थित राजमार्ग एरियाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी दुहबी-१०का २६ बर्षीय दिपक कुमार यादब र हरीनगर-६ का ३४ बर्षीय सहिद मिया रहेका छन । पक्राउ परेका दुबै जनाले राजमार्ग छेउको झाँडीमा लागुऔषध लुकाई छिपाई राखिरहेको भन्ने सुचनाका आधारमा तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो (शनिवार) विहान ९ बजे नियन्त्रणमा लिएको हो । नियन्त्रण पश्चात उनिहरुले लुकाउदै गरेको बोरा चेकजाँच गर्दा १४० बोतल DIALEX-DC,  ३९६० क्याप्सुल SPASMO-PROXYVON plus र १३५० Nitra vet ट्याप्लेट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसै गरी सुनसरीकै कोशी गाँउपालिका-३ नहर चोकबाट २८ बर्षीय कमरुदिन मिया लागुऔषध सहित पक्राउ परेका छन । विशेष सुराकका आधारमा उनलाई हिजो साढे १० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मियालाइ पक्राउ गरिएसंगै उनले बोकेको झोला खोलेर चेकजाँच गर्दा ४५  बोतल DIALEX-DC र ३२८ क्याप्सुल SPASMO-PROXYVON plus फेला बारी बरामद गरिएको हो । यसरी लागुऔषध सहित पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes