बुढिगंगामा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु - Pahilo Online

बुढिगंगामा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु

writer

मोरङ । मोरङ बुढिगंगा १ मा बस्ने ४२ बर्षीय कमल प्रसाद तावाहाङको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । हिजो(शनिवार) राती सवाँ ९ बजे बुढिगंगा १ राजमार्ग साईटमा पैदल हिडिरहेका तावाहाङलाई लु ६१ प २५०२ नम्बरको मोटरसाईकलले ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । घाईते तावाहाङको बिराट मेडिकल कलेज टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा आज विहानको राती १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतक तावाहाङ सशस्त्र प्रहरी सहायक निरिक्षक रहेको खुल्न आएको छ । उनि सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत रहेको र हाल विदामा घर आएको थिए । यता ठक्कर दिने मोटरसाईकल नियन्त्रणमा लिईएको छ भने चालक तत्काल फरार रहेकोले उनको खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes