वडा नं ४ को अत्यावश्यक बाहेक सेवा अर्को सूचना जारी नभएसम्मको लागि बन्द - Pahilo Online

वडा नं ४ को अत्यावश्यक बाहेक सेवा अर्को सूचना जारी नभएसम्मको लागि बन्द

वडाभित्रको सडक तथा बाटो र बजार पसल अनुगन पनि गरीने

writer

पथरी शनिश्चरे । पथरीशनिश्चरे नगरपालिकामा नगरका कर्मचारीमा कोरोना पुष्टि भएको र समुदायमा समेत फैलदै गएपछि शनिवार नगर कार्यपालिका र कोरोना भाइरस न्यूनिकरण नगरस्तरीय समितिको सयुक्त वैठकले तत्कालका लागि नगरपालिका कार्यालय र त्यसका मातहतका कार्यालय बन्द रहने निर्णय गरेसंगै वडा नं ४ ले आज(आइतबार) कोरोना भाईरस जोखिम रोकथाम (कोर) समितिको आकस्मीक बैठक आह्वान गरी अर्को सूचाना जारी नभएसम्मको लागि अत्यावश्यक बाहेको सबै सेवा बन्द गरेको छ ।

वडाअध्यक्ष गोविन्द बहादुर भण्डारीको अध्यक्षतामा बसेको वैठकले कोरोना भाईरसको यो विषम परिस्थि र आउदै गरेको चार्डपर्व दशै, तिहार र छैटको मौका छोपि कालोबजारी हुने सम्भावना भएकोले अनुगमन गर्ने पनि निर्णय गरेको छ । जनप्रतिनिधि, समाजनसेवी, राजनीतिक दल, सुरक्षाकर्मी, सञ्चारकर्मी र सम्बन्धित निकायसंग समन्वय गरी अनुगमन गरीने पनि जनाइएको छ।

त्यसैगरी वडाको सडक तथा बाटो किनारमा राखिएको निर्माण सामग्री, टहरा, रुख बिरुवा, अन्न बालि लगायतका सडक तथा बाटोको हाताभित्र पर्ने स्थानमा राखिएका सामग्री हटाउनको लागि अनुगमन गरीने भएको छ । उक्त सामग्री हटाउनको लागि १५ दिने सूचना जारी गरीएको छ । जारी सूचना अटेर गरे कारबाहीको लागि सम्बन्धित निकायमा सिफारीस गरीने निर्णयमा उल्लेख गरीएको छ। चार्डपर्वको समयमा जुवातास खेल्ने, सार्वजनिक स्थलमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा सामाजिक खलवल पुर्याएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरीने पनि निर्णय गरीएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes