मोरङ । मिक्लाजुङमा ट्याक्टरको ठक्करबाट एक जना मिक्लाजुङ ४ बस्ने ७४ बर्षीय डिक बहादुर राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो । शुक्रबार दिउसो सवाँ २ बजे प्र. नं. १–०१–००१ त ८२५५ नम्बरको ट्याक्टरले सोही स्थानमा पैदल हिडिरहेका डिक बहादुरलाइ ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए ।
घाईते उनको अरनिको अस्पताल उर्लावारीमा उपचारको क्रममा पौने ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिईएको छ । चालक भने फरार रहेकोले उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।