धनकुटा जिल्ला राप्रपाको जिल्ला समितिको अध्यक्षमा कुमार थापा - Pahilo Online

धनकुटा जिल्ला राप्रपाको जिल्ला समितिको अध्यक्षमा कुमार थापा

writer

धनकुटा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राप्रपा संयुक्तको धनकुटा जिल्लाको एकता सम्पन्न भएको छ । एकतापछि गठित जिल्ला समितिको अध्यक्षमा राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका भतिजा कुमारबहादुर थापा सर्वसम्मत रुपमा चयन भएका छन। जिल्ला समितिको उपाध्यक्षमा लाक्पा टासी शेर्पा, टीका प्रसाद घिमिरे र खेमराज काफ्ले, सचिवमा दुर्गा पुरी, कोषाध्यक्ष सुवास राई र सहसचिवमा चन्द्र मादेन र रमेश चापागाईं चयन भएका छन्।

त्यसैगरी धनकुटाको प्रदेश निर्वाचन क्षेत्र (क) मा धर्मध्वज राई र प्रदेश निर्वाचन क्षेत्र (ख) मा श्याम गुरुङ अध्यक्ष चयन भएका छन्। धनकुटा नगर कार्य समितिको अध्यक्षमा पृथ सिंह तामाङ गोम्देन रहेका छन्। एकताअघि अध्यक्ष रहेका मुमाराम राई प्रमुख सल्लाहकारमा चयन भएका छन् भने नेताहरू घामलाल राई र मदनबहादुर भट्टराई सल्लाहकार चुनिएका छन्। पार्टी एकता हुनुअघिका दुवै तर्फका जिल्ला कार्य समितिका सदस्यहरु समायोजनपछि पनि सदस्य रहेका छन्।

राप्रपाको केन्द्रीय सचिवालय कार्य व्यवस्था सचिवालयको निर्णय बमोजिम पार्टीको जिल्ला तह र भ्रातृ संगठन समायोजनको प्रक्रिया सुरु भएको राप्रपा केन्द्रीय सदस्य तथा प्रदेश १ का सचिव बासुदेव भट्टराईले बताए। असोज २१ गतेभित्र सहमतिका आधारमा समायोजन हुन नसकेको जिल्लाको हकमा सचिवालय कार्यव्यवस्थाको अर्को बैठकबाट केन्द्रीय प्रतिनिधि खटाइ समायोजनको नयाँ व्यवस्था गरिने उनले जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes