पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले ज्येष्ठ नागरिकहरु जिउँदा भगवान भएकाले उनीहरुको उचित सम्मान गर्नुपर्ने बताउनु बताएकी छिन् । अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवशका अवसरमा बिहिवार नगरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि वास्तोलाले ज्येष्ठ नागरिकको अप्ठयारो अवस्थालाई सहज बनाउन र उनीहरुको सम्मानका लागि नगरपालिका दत्तचित्त रहेको धारणा व्यक्त गरीन्।
ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र नगर समितिले आयोजना गरेको कार्यक्रममा, समितिका केन्द्रीय सहअध्यक्ष भूवनेश्वर पोखरेल, नगर अध्यक्ष नेत्रप्रसाद दहाल, सचिव रमेश दहाल, ७ नम्वर वडा संयोजक देवीप्रसाद भेट्वाल सहितले ज्येष्ठको हकहितमा सरकारी पक्षले अझै ध्यान दिनुपर्ने बताएकी छिन् ।