ठुलो रकमको जुवा वा सट्टेबाजी खेल खेलाउने ३ जना पक्राउ - Pahilo Online

ठुलो रकमको जुवा वा सट्टेबाजी खेल खेलाउने ३ जना पक्राउ

writer

मोरङ । मोरङको विराटनगरबाट ठुलो रकमको बाजी राखी जुवा वा सट्टेबाजी खेल खेलाउने ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा विराटनगर १५ का ३८ बर्षीय मुन्ना भन्ने सत्यजित साह, ३८ बर्षीय बैजनाथ साह र विराटनगर १७ का ४२ बर्षीय जगदिश साह रहेका छन । पक्राउ परेका तिनै जनाले यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजीको कारोबार गर्ने गरेको विशेष सुचना पाइएपछी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई १३ गते राती पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट नगद ६० हजार रुपैंया, १ थान ल्याप्टप, ३ थान मोबाईल र १ थान मोटरसाईकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनिहरुले यलष्लिभ बाट कुन टिमको हारजीत हुन्छ भनि बाजी मार्नका लागी रकम कबोल गराई सट्टेबाजी खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका तिनै जना उपर कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes