सुनसरी/ मोरङ । सुनसरी हरिनगरा ६ बस्ने २५ बर्षीय जिवराईल अन्सारी लागुऔषध सहित इटहरी ६ स्थित हङकङ मार्केटको एरियाबाट पक्राउ परेका छन । अन्सारीलाई गत सोमबार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । अन्सारीले अबैध लागुऔषधको कारोबार गर्ने गरेको सुचना पाईएसंगै प्रहरीको निग्रानीमा रहेका उनलाई साँझ सवा ५ बजे नियन्त्रणमा लिईएको थियो । नियन्त्रण पश्चात उनले बोकेको झोला चेकजाँच गर्दा लुकाई छिपाई राखीएको अवस्थामा १६ सय Nitrosun ट्याप्लेट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ ।
यस्तै मोरङको दरैयाबाट ३६ बर्षीय दिपक तामङ लागुऔषध सहित पक्राउ परेका छन । हिजो साँझ पौने ७ बजे मोटरसाईकलमा रहेका तामाङलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट SPASMO-१० चक्की, NITROVET-१० चक्की र DIALEX –Dc ३ बोतल लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसरी लागुऔषध सहित पक्राउ परेका दुबै जना उपर कानुनी कारबाही अगाडी बढाईऐको छ ।