रियल स्टार नक आउट फुटबल प्रतियोगिताको उपाधि हिमाल युनाइटेड क्लबलाई - Pahilo Online

रियल स्टार नक आउट फुटबल प्रतियोगिताको उपाधि हिमाल युनाइटेड क्लबलाई

writer

कानेपोखरी । कानेपोखरी ५ भौसाबारीमा स्थापित रियल स्टार क्लबद्वारा आयोजित प्रथम रियल स्टार नक आउट फुटबल प्रतियोगिताको उपाधि हिमाल युनाइटेड क्लब कानेपोखरी ले जितेको छ। फाइनल खेल आयोजक टिम रियल स्टार र हिमाल युनाइटेड क्लबबिच भौसाबारीको क्याम्पस डाँडाको खेल मैदान भएको थियो ।

प्रतिस्पर्धामा हिमाल युनाइटेड ३–० गोल अन्तरले विजयी भएको थियो । निर्धारित ३०–३० मिनेटको खेलको पहिलो हाफमा युनाइटेडका लागि पावेल कटुवालले २० औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए। त्यस्तै, दोश्रो हाफको खेलमा युनाइटेडका तारामान घिसिङ र भिजन राईले १–१ गोल गर्दै टिमलाई सुनौलो जित दिलाएका थिए। आयोजक टिमले केही राम्रा अवसर पाएपनि गोल गर्न सकेन।

विजेता टिमलाई नगद १६ हजार र उपविजेतालाई ८ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको छ। साथै पहिलो गोल गर्ने खेलाडीलाई ५ सय रुपैयाँ प्रदान गरियो। आयोजक क्लबका अध्यक्ष शुकदेव धिमाल, प्रमुख अतिथी ५ का वडा अध्यक्ष चरण गुरुङलगायतले विजेता र उपविजेता टिमलाई खादा, अबिर प्रमाणपत्रसहित बधाई दिएका थिए। नेपालीको महान पर्व बडादशैको शु अवसरमा सो प्रतियोगिताको आयोजना गरिएको हो। यो प्रतियोगिता असोज ३ गतेदेखी १२ गतेसम्म सञ्चालन भएको हो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes