कुटपिटबाट घाइते ३५ बर्षीय शुसिल मल्लिकको उपचारको क्रममा मृत्यु - Pahilo Online

कुटपिटबाट घाइते ३५ बर्षीय शुसिल मल्लिकको उपचारको क्रममा मृत्यु

writer

मोरङ । उर्लाबारी ७ स्थितमा बस्दै आएका ३५ बर्षीय शुसिल मल्लिकको कुटपिटबाट मृत्यु भएको छ । संखुवासभा घर भई हाल उर्लाबारी बस्दै अएका थिए । मल्लिकलाई उर्लाबारी ७ मै होटल संचालन गरी बस्ने २६ बर्षीय गोपाल तामाङले कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । गत आईताबार मल्लिक होटलमा खाजा खान गएको अवस्थामा गोपाल र उनि विच बादविबाद हुदा गोपालले एक्कासी उनलाइ कुटपिट गरी होटल वाहिर निकाल्न खोज्दा मल्लिक भुईमा लडी वेहोस भएका थिए ।

वेहोस भएका मल्लिकलाई स्थानीय अस्पतालमा उपचार हुन नसकी भारतको सिलिगुडीमा लगी उपचार गराईरहेकोमा उपचारकै क्रममा उनको आज(मंगलवार) विहान साढे ४ बजे मृत्यु भएको उक्त कार्यालयले जनाएको छ । यता कुटपिट गर्ने होटल संचालक गोपाल तामाङ लाई पक्राउ गरी कानुनी कारबाही अगाडी बढाईएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes