उदयपुर बाट ठूलो परीमाणको लागुऔषध सहित ८ जना पक्राउ - Pahilo Online

उदयपुर बाट ठूलो परीमाणको लागुऔषध सहित ८ जना पक्राउ

writer

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका २ स्थित फत्तेपुरबाट लागुऔषध सहित ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा त्रियुगा १२ का १९ बर्षीय रजामुदिन अन्सारी, २० बर्षीय मिलन बिश्वकर्मा, बर्ष २० कै सागर पौडेल, २२ बर्षीय शिब अधिकारी, बर्ष २२ कै बिशाल मगर र २४ बर्षीय दिलिप घिमिरे रहेका छन । बिशेष सुराकका आधारमा आज(बिहिवार) बिहान साढे ७ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाइ फत्तेपुरबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरु माथी चेकजाँच गर्दा फेनारगन ३५ एम्पुल, डाईजोपाम ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल गरी १०५ एम्पुल लागुऔष फेला पारी बरामद गरेको हो । यसै गरी उनिहरुले प्रयोग गर्ने स १ प ३२२४ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको छ ।

यस्तै उनिहरुलाई पक्राउ गरिएसंगै आजै साढे १० बजे अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीलेनै उदयपुर त्रियुगा(६ लालपत्ताबाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कृष्ण सबरमका ३१ बर्षीय प्रबेश मिया र २६ बर्षीया हजारुम खातुन रहेका छन । उनिहरु श्रीमान श्रीमती रहेको खुल्न आएको छ । प्रहरीले उनिहरुको साथबाट फेनारगन ६० एम्पुल, डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल गरी १८० एम्पुल लागुऔषध फेला पारी बरामद गरेको हो । यसरी लागुऔषध सहित पक्राउ परेका आठै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes