‘शब्द थिएटर’को आज प्रथम स्थापना दिवश सम्पन्न - Pahilo Online

‘शब्द थिएटर’को आज प्रथम स्थापना दिवश सम्पन्न

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरेमा रंगकर्मका लागि खडा भएको ‘शब्द थिएटर’को आज प्रथम स्थापना दिवश सम्पन्न भएको छ । कोरोना भाइरसको कहरका कारण भिडभाड नगरी अनौपचारिक रुपमा १० मिनट समयमा कार्यक्रम सम्पन्न गर्दै थिएटर घर स्थापना गरी निरन्तर नाटक मञ्चनका कार्यक्रम सञ्चालन गर्ने योजना बनाउनु पर्नेमा जोड दिइएको छ । कार्यक्रम २ नम्वर वडास्थित देवीगञ्जमा सम्पन्न भयो ।

कार्यक्रममा, पथरीशनिश्चरे नगरपालिकाका सूचना सम्पादक एवम् नाट्यकर्मी सर्जक तथा पत्रकार भूपेन्द्र तिम्सिना, थिएटरका निर्देशक जीवन बराल, अध्यक्ष पर्शुराम न्यौपाने र सचिव सरोज तिम्सिना सहितले संक्षिप्त मन्तव्य व्यक्त गरेका छन् । शिल्पी थिएटर काठमाडौंमा लामो समय नाट्य गतिविधि गरेर देश विदेशमा आफ्नो प्रभाव विस्तार गर्न सफल जीवन बरालको कलाकारितालाई आफ्नै नगरमा खर्चिदै स्थानीय नाट्यकर्मीलाई समेटेर नाटकको प्रभाव विस्तार गर्ने थिएटरको योजना रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes