शिक्षा गुणस्तर सुधारगर्न प्रदेश १ का ६ सय शिक्षकलाई सूचना प्रविधि संवन्धि तालिम दिईने - Pahilo Online

शिक्षा गुणस्तर सुधारगर्न प्रदेश १ का ६ सय शिक्षकलाई सूचना प्रविधि संवन्धि तालिम दिईने

writer

मोरङ । शिक्षा गुणस्तर सुधार गर्न प्रदेश १ सरकारले पहिलो चरणमा ६ सय शिक्षकलाई सूचना प्रविधि संवन्धि तालिम दिने भएको छ । ६ वटा स्थानीय तहका एक–एक सय शिक्षकलाई पहिलो चरणमा तालिम दिनेगरि सामाजिक विकास मन्त्रालयले कार्यक्रम अघि बढाएको छ ।

प्रदेश सरकारको विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा संवन्धि शिक्षकहरुमा क्षमता विकास तालिम सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले स्थानीय तहहरुसँगको साँझेदारीमा पहिलो चरणमा ६ वटा स्थानीय तहमा यसै साता भित्र तालिम सञ्चालन गर्ने योजना बनाएको छ ।

तालिम सञ्चालनका लागि मन्त्रालयले स्थानीय तहहरुसँग सम्झौता गरिरहेको छ । आज सामाजिक विकास मन्त्रालय र झापाको अर्जुनधारा नगरपालिकावीच सम्झौता भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरे र अर्जुनधारा नगरपालिका प्रमख हरिकुमार रानामगरले सम्झौता आदान प्रदान गर्नुभयो । सम्झौता कार्यक्रममा मन्त्री घिमिरेले समय बद्लिएकाले शिक्षण सिकाई कक्षाकोठामा मात्र सिमित नराखी सूचना प्रविधिको उपयोग गरि शिक्षा दिन आवस्यक रहेकोमा जोड दिनुभयो ।

मन्त्रालयले यसअघि इलामको सुर्योदय नगरपालिका, झापाको मेचीनगर नगरपालिका, मोरंगको पथरीशनिश्चरे नगरपालिका, सुनसरीको इटहरी उपमहानगरपालिकासँग सम्झौता गरिसकेको छ । भोली उदयपुरको त्रियुगा नगरपालिकासँग सम्झौता हुने बताईएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes