कानेपोखरी । सेवा नै धर्म हो भन्ने मुल उद्देश्यका साथ नेकपा युवा नेता एवम कानेपोखरी युवा समाजको अध्यक्ष समाजसेवी कानेपोखरी ५ निवासी बिसुराज राई र बिज्ञान सुब्बाले आफ्नो जन्मदिनको अवसरपारी मंगलबार विपन्न १२ घरपरिवारलाई खाद्य सामग्री प्रदान गरेका छ्न।
सो कार्यक्रम कानेपोखरी गाउँपालिका २ स्थित आदिवासी जनजाति भवन कालिस्थानमा भएको हो।
समाजसेवी राईले आफ्नो जन्मदिनमा फजुल खर्च गर्नुको साटो आर्थिक स्थिती न्युन भएकाहरुको पेट भर्न पाँउदा आत्मसन्तुष्टि मिलेको बताउदैं कानेपोखरी–०२ केरौंनका ११ विपन्न घरपरिवारहरु र ४ का १ परिवारलाई १५ किलोग्राम चालल, १ किलोग्राम नुन, १ किलोग्राम दाल र १ लिटर खानेतेलसहित १ वटा साबुन एक औपचारिक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो।
वडा नम्बर ०२ का मनमाया माझी, कर्णबहादुर राई, चन्द्रमाया माझी, हेमलाल राजबंशी, कमली माझी, गोइसेल राजबंशी, गजेन्द्र परियार, चुडामणी पराजुली, बखालु राजबंशी, शान्ती राजबंशी, प्रकाश गिरी र ४ का हर्कबहादुर दर्जीलाई सो सामग्री प्रदान गरिएको थियो। जो, आर्थिक अवस्था न्यून, असहाय, अपाङ्ग घरपरिवारका रहेका थिए। कार्यक्रमलाई औपचारिकता प्रदान गर्न कानेपोखरीका प्रमुख ताराबहादुर काफ्लेलाई प्रमुख अतिथिका लागि निमन्त्रणा गरिएको थियो। तर, विशेष कारणले उहाँ उपस्थित हुन सक्नुभएन।
विशेष अतिथिमा समाजसेवी एवम नेकपा प्रदेश कमिटी सदस्य ईन्द्र सुब्बा,आदिवासी जनजाती महासंघ जिल्ला उपाध्यक्ष भोजबीर माझी, केरौन गाबिस पुर्व उपाध्यक्ष खुल्लु राजबंशी, रमाइलो चौकी प्रमुख असई लाक्पा शेर्पा, नेकपा महिला नेतृ एवम वडा नम्बर २ कि महिला सदस्य साबित्रा चौधरी र अतिथीहरु समाजसेवी तथा युवा नेतृत्वहरु भुपेन्द्र सुब्बा, चितामणी दुलाल, आशिष राई, बिक्रम तामाङ, शिव यादव, डिल्ली कटुवाल, शंकर चापागाईं, फडिन्द्र सुवेदी, बिजय चौधरीलगायतले जन्मदिनको शुभकामना दिदैं आगामी दिनमा पनि सामाजिक कार्यमा तल्लिन रहने उर्जा मिलोस भन्दै हौसला प्रदान गरेका थिए।
सामाजिक दुरी कायम गर्दै नेकपा मोरङ जिल्ला सदस्य,कानेपोखरी पार्टी सचिब एवम राजबंशी समाज बिकास समिती मोरङ अध्यक्ष युवानेता मनोजकुमार राजबंशीले कार्यक्रमको सञ्चालन गरेका थिए।