नगर क्षेत्रभित्र समस्यामा परेकालाई अवस्थाको सहजिकरण गर्न नगरको सहयोग - Pahilo Online

नगर क्षेत्रभित्र समस्यामा परेकालाई अवस्थाको सहजिकरण गर्न नगरको सहयोग

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगर क्षेत्रभित्र समस्यामा परेकाहरुको अवस्थाका बारेमा जानकारी लिने क्रममा मंगलवार वडा नम्वर ६ का एक विपन्न परिवारका सदस्यलाई भेटी उपचारमा भइरहेको समस्याका बारेमा सहजिकरण गरेको छ ।


नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा मंगलबारेका किशोरी चौधरीका २७ वर्षीय छोरा कैलासको आन्द्राको क्यान्सर भएर उपचारमा समस्या भइरहेको कुरा जानकारी लिइएको छ । आर्थिक अवस्था विपन्न भएका कैलाशको उपचारका लागि भरतपुर क्यान्सर अस्पतालमा किमोथेरापी हुन थालेको र आर्थिक कठिनाई परेको अवस्थाका बारेमा जानकारी लिएपछि उपचारमा सहुलियत गराउन सहयोग पुर्याउन पहल गर्ने उपप्रमुख वास्तोलाले वताइन्। उनको उपचारका लागि सहयोग पुर्याउन नगरले ७ प्रकारका जटिल रोगीका लागि प्रदान गरिने १५ हजार प्रदान गरिसकेको छ । वडा कार्यालयले पनि १० हजार सहयोग प्रदान गरेको छ । १ लाखसम्मको उपचारमा सरकारले गर्ने राहतका लागि नगरले सिफारिस गरी पठाएको छ ।

यसैबीच, उपप्रमुख वास्तोलाको अगुवाईमा मंगलबार नै ६ नम्वर वडाका विपन्न महिला तथा ज्येष्ठहरुका लागि मास्क वितरण, शहरी स्वास्थ्य केन्द्रको अवस्था तथा अब अघि बढ्ने योजनाहरुको पूर्वअवस्थाका बारेमा समेत अनुगमन् भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes