मंगलवार थप १३ सय ५६ जनामा कोरोना संक्रमण, ८ सय २३ जना निको - Pahilo Online

मंगलवार थप १३ सय ५६ जनामा कोरोना संक्रमण, ८ सय २३ जना निको

writer

मोरङ । नेपालमा मंगलवार थप १३ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ६६ हजार ६३२ संक्रमितको संख्या पुगेको जनाए । त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ८२३ रहेको छ । यो सँगै हालसम्म कोेरोना संक्रमण निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ । २४ घन्टामा ११ हजार १ सय ५४ पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ९ लाख ४९ हजार ७७ परीक्षणहरु गरिएका छन्। हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार १ सय ७१ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ जना रहेको छ ।

थप २ को मृत्यु
कोरोना संक्रमणबाट २४ घन्टामा थप २ को मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा १ जना महिला र १ जना पुरुष रहेको बताए । उनका अनुसार मृतकमा काठमाडौँका ५० वर्षीय पुरुष र काभ्रेपलाञ्चोकका ५० वर्षीया महिला रहेका छन् ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ४२९ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes