प्रदेश १ को छुट्टा छुटै स्थानमा २ जनाको डुबेर मृत्यु - Pahilo Online

प्रदेश १ को छुट्टा छुटै स्थानमा २ जनाको डुबेर मृत्यु

writer

मोरङ । संखुवासभा चैनपुर ४ का ७६ बर्षीय बुद्वी बहादुर लिम्बुको खोलामा डुबेर मृत्यु भएको छ । सोमबार साँझ साढे ५ बजे चैनपुर बतासेबाट घर तर्फ आउदै गर्दा झुत्रे खोला तर्ने क्रममा डुबेर लिम्बुको मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी सिद्धपोखरीमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यसै गरी मोरङ जहदा १ बस्ने १७ बर्षीया रबिना ऋषिदेवको पानीमा डुबेर मृत्यु भएको छ । मंगलवार बिहान ०७ बजे जहदा मुसहरी टोल स्थितमा रहेको पानी जमेको खाडलमा परी रबिनाको डुबेर मृत्यु भएको भनि आफन्तले ईलाका प्रहरी कार्यालय बुधनगरमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes